धादिङमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु

धादिङको बस र कार आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।  धादिङको थाक्रे गाउँपालिका–७ मा बस र कार ठोक्किँदा कारमा सवार ४ भारतीय र १ नेपाली नागरिकको मृत्यु भएको हो ।
काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशामा रहेको प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कार चालक तनहुँका ३६ वर्षीय दिलबहादुर बस्नेतसहित भारत उत्तरप्रदेशका विमलचन्द्र अग्रवाल, , ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवाल रहेका छन् ।
विमलचन्द्रको टिचिङ अस्पतालमा र अन्यको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाण्डौमा उपचार चलिरहेको छ । उनी बसमा सवार थिए। दुर्घटनाको कारण खुलेको छैन ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार