मेयर लड्न उपसचिव बिष्णुप्रसाद भुसालको राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुप्रसाद भुसालले वैशाख ३० गते हुने स्थानीय चुनावमा मेयर लड्न पदबाट राजीनामा दिने भएका छन् ।

लामो समय स्थानीय तहमा काम गरेकाले केही गर्न सक्छु कि भनेर मेयर लड्न लागेको बताउँदै भुसालले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताएका छन् ।

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए। निजामती सेवामा २२ वर्ष बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार