एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, पार्टी स्थापना दिवस पारेर कार्यालय पनि सारिँदै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ ।

७४ औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तुल्सीलाल स्मृति भवन च्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।

Avatar

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार