मुख्यमन्त्री पोखरेलको शपथ रोक्न ४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष निवेदन

मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीको दाबी

लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले पुन: नियुक्ति पाएका मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्यमन्त्रीको सपथ रोक्न ४२ सांसदको हस्ताक्षरसहित निवेदन पेश गरेका हुन् ।

पोखरेललाई पुन: नियुक्ति गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले हस्ताक्षर संकलन गरेका हुन् । जसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

साथै निवेदनमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि पनि दाबी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार