लुम्बिनीमा शंकर पोखरेलको बहुमत गुम्यो, विमलाले रोजिन् माओवादी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ । प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको हो ।

विमलाले दाङ ३ (ख) बाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उपचुनाव जितेकी थिइन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो । जसअनुसार उनले माओवादी केन्द्र रोजेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार