मेवा खाँदा शरीरलाई यस्ता फाइदा हुन्छन्

मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ । प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ ।

यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ । झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ ।
मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ । रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ । काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २/३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ । शरीरमा रगतको मात्रा वृद्धि गर्छ । यसले आँखालाई समेत फाईदा पुर्याउँछ । र रतन्धो हुनबाट जोगाउँछ ।

१. छालामा
मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।

२. कोलस्टेरोलमा
अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

३. चाउरीमा
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।

४. पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

५. कन्स्टिपेसनमा
मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।

६. मलद्वारसंबन्धी समस्यामा
मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

७. तौल घटाउन
उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।

८. बिहानीको वाकवाकीमा
खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।

९. हाडजोर्नी
जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ , खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

१०. प्रतिरोधी क्षमतावृद्धिमा
यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

११. रजस्वला अनियमित भएकोमा
मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ ।

१२. कलेजोको क्यान्सरमा
यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ ।

१३. गर्भनिरोधक
भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।

१४. मिर्गौलाको समस्यामा
विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार