दीपक मनाङले लिए मन्त्रीको सपथ

गण्डकी प्रदेशमा युवा तथा खेलकूद मन्त्री नियुक्त भएका दीपक मनाङे (राजिव गुरूङ) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज उनलाई मन्त्री बनाएका थिए । सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरूङले मनाङेलाई मन्त्री बनाएका हुन् । मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आएका बेला मन्त्रिपरिषद विस्तार गरिएको हो । मनाङे एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित भएका हुन् । मन्त्री नियुक्त भएपछि उनले आफूसँग मन्त्रालय हाँक्ने योजना रहेको सुनाए ।

युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ । यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार