पल शाह र एलिजा गौतमको ‘दिन्थे मुटु झिकी’ सार्वजनिक

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ । स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार