पूर्वराजा र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा अक्सिजनको सपोर्टमा उपचार गरिएको छ । वैशाख ११ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका उनीहरुलाई श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले मंगलबार दिउँसो एक सूचना जारी गरि सो कुराको जानकारी दिएको हो । पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्केका उनीहरुको पीसीआर परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार