ऊर्जामन्त्री रायमाझीलाई कोरोना, सैनिक अस्पताल भर्ना

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीले गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै पीसीआर परिक्षण गराएका थिए । मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण सहितको कोरोना संक्रमण देखिएपछि सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव लीला जीसीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार