बैंकका कर्मचारीले परिचय पत्र देखाएर हिड्न पाउने

कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिएपछि काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ देखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ।

निषेधाज्ञा अनुसार, खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीबाहेक सबै पसल तथा व्यवसाय बन्द गरिएको छ।

खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ। डिपार्टमेन्टल स्टोरमा ग्रोसरी कक्ष मात्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाइने बताइएको छ।

यस अवधिमा सबै रेस्टुरेन्ट, कपडा पसल तथा अन्य व्यवसाय बन्द हुनेछन्।

निषेधाज्ञाले विकास निर्माणका काममा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका लागि सम्बन्धित आयोजना प्रमुखको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको अनुमतिपत्र लिएर मात्र सञ्चालन गर्न पाइने उल्लेख गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार