पीएनजीमाथि नेपालको ७ विकेटको जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको हो

दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडे । पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार