साढे २ करोड ठगी गर्ने महिला पक्राउ

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका १६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गा जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाँडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रुपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका १६ बालाजुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार