आज मन्त्रिपरिषद‍् बैठक बस्दै, लकडाउनबारे निर्णय हुन सक्ने

आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न पाँच बजे बैठक बोलाइएको हो । आजको बैठक नेपालमा बढ्दो कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार उच्च सक्रिय संक्रमित भएका स्थान लकडाउन गर्नेबारे छलफल हुने बताइएको छ ।
बैठकले कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्नेछ ।

यस्तै आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको कम्तीमा तीन साता देशभर लकडाउन, सीमा बन्द लगायतका विषयमा छलफल गरि आवस्यक निर्णय लिने बताइएको छ ।

आइतबारको सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै सीसीएमसी बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा स्थानीय तहलाई निषेधाज्ञा जारी गर्न विशेषाधिकार दिने निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस समेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार