डाक्टरसहित अधिकांशमा कोरोना देखिएपछि सुशील कोइराला अस्पताल एक साता बन्द

अधिकांश डाक्टरसहित कर्मचारीहरुमा समेत कोरोना पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नियमित सेवा एक साताका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ ।

अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार