ओलीले बोलाए महाधिवेशन आयोजक कमिटी बैठक

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाएका हुन् । बैठकका एजेन्डाबारे केही जानकारी दिइएको छैन । ओलीले आकस्मिक रूपमा यो बैठक राखेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार