वेस्ट ह्यामलाई १–० ले पराजित गर्दै चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाईटेडलाई १–० ले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा वेर्नेरले गोल गरे । खेलको ४२ औं मिनेटमा फाबियानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै चेल्सीले ३३ खेलमा ५८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासलसँग १–१ को बराबरीमा रोकिएको हो ।

चौथो स्थानको होडमा रहेको लिभरपुलका लागि बराबरीले धक्का लागेको छ । लिभरपुल ३३ खेलबाट ५४ अंकसहित छैटौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार