भक्तपुरमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

काठमाडौं । चागुँनारायण नगरपालिकाको बागरेमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ। परालले छोपेको अवस्थमा शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ।

महिलाको घाँटी र अन्य भागमा गम्भीर चोट लागेको छ। हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार पोष्टमार्टमका लागि शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ।

शवको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। स्थानीयले गएराती प्रहरीलाई खबर गरेका थिए। प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार