कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निश्कासित

नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई कारबाही गरेको हो ।

कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई कारबाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार