चेल्सी एफए कपको क्वाटरफाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि २-३ को रोमाञ्चक जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमै रिस वर्कको गोलबाट घरेलु टोली लुटोनले अग्रता लिएको थियो । २७औं मिनेटमा चेल्सीका सउल निग्वेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ४०औं मिनेटमा ह्यारी कर्निकले गोल गर्दै पहिलो हाफमा लुटोनलाई पुनः २-१को अग्रता दिलाए ।

तर, ६८औं मिनेटमा टिमो वेर्नर र ७८औं मिनेटमा रोमेलु लुकाकुले लगातार दुई गोल गर्दै चेल्सीलाई ३–२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार