कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा थप विस्तार गरेको छ ।

बैंकले बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औँर भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औँ शाखा कार्यालय स्थापना गरी आजदेखि कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले हाल १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार