मित्रपार्कको खाजाघरमा आगलागी, १० लाखको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका ७ मित्रपार्कमा बुधबार बिहान आगलगी भएको छ । मित्रपार्कमा रहेको माईला खाजा पसल र दोलखा खाजा घरमा आगलागी भएको हो । ४५ वर्षीय गौरी शंकर दासको टहरामा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

उता इलामको सूर्योदय नगरपालिका १ माने बस्ने कुमार तामाङको घरमा करेन्ट सर्ट भई मंगलबार साँझ आगलागी हुँदा नजिकै जोडिएको निमा तामाङको घरमा समेत फैलिएर दुबैजनाको गरी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार