माओवादी भित्र विवाद चर्कियो : नारायणकाजीलाई फकाउने करसतमा प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भए पछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । एमसीसी पास भएपछि नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् ।

एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् । पूर्व एकता केन्द्र समूहका नेतासमेत रहेका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उनलाई भेट्न हात्तीवन गएका हुन् ।

मंगलबारको भेटमा प्रचण्डले सोमबारको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै मिलेर अघि बढ्न आग्रह गरेको श्रेष्ठ निकट एक नेताले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार