एमसीसी अनुमोदन भएपछि प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन संवाद भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएपछि पहिलोपटक प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्कनबीच कुराकानी भएको हो ।

मंगलबार साँझ भएकाे टेलिफोन संवादमा आफूहरूबीच रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको अमेरिकी विदेशमन्त्रीको सचिवालयले ट्वीट गर्दै जानकारी दिएको छ । ‘आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम गर्न जारी राख्नेछौं।’ ट्वीटमा उल्लेख छ ।

नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनको पक्षमा मतदान गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार