कर्णालीमा एमाले र सत्तापक्षबीच के भएको थियो समझदारी ?

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्ष दल एमाले अवरुद्ध गरेको छ । सोमबार बसेको कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको दशौं बैठक अवरुद्ध गरेको हो । गत १८ माघमा सत्ता पक्षबाट आफूसँग भएका सहमति कार्यान्वयनका लागि नभएको भन्दै संसद अवरुद्ध पारेको हो ।

विगतमा भएको भएको सहमति कार्यान्वयन नभएकाले संसद् बैठक अवरुद्ध पारिएको एमाले संसदीय दलका नेता यायलाल कँडेलले जानकारी दिए । ‘ १८ माघमा गरेको सम्झौताअनुसार काम नगरेका कारणले संसद बैठक चल्न नसकेको हो,’ उनले भने,‘अब सत्ता पक्षले सहमति कार्यान्वयन गरे बैठक सुचारु हुन्छ ।’

सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको विषयमा लिखित प्रतिबद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न नदिने बैठकमा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

सत्ता पक्ष र प्रतिपक्षबीच १८ माघमा सहमतिमा १५ लाखभन्दा कम रकम भएका योजना कार्यान्वयन नगर्ने, आगामी दिनमा यही मापदण्डका आधारमा योजना तर्जुमा गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा विगतको कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेशसभा सदस्यको भूमिकालाई यथावत् कायम गरी कार्यविधिमा सुधार गरिने, पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्दा गत वर्ष नै दायित्व सिर्जना भइसकेका योजनाहरूको बजेट अलग व्यवस्था गरिनेलगायतका सातबुँदे सहमति गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार