ओली–नेपाल बीचको दोस्रो दिनको भेटवार्ता सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको दोस्रो दिनको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार साँझ पनि दुई नेताबीच मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । दुवैजना आ-आफ्नै अडानमा कायमै रहेको र ओलीले ‘वार्ता कायमै राखौ’ भनेर निस्किएको स्रोतले जनायो । मेरियटबाट केपी ओली बाहिरिसकेका छन् ।

माधवकुमार नेपाल भने होटलमै छन् । उनले प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग अनौपचारिक छलफलमा रहेका स्रोतले बतायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार