एमसीसीविरुद्ध परेका दुई रिट सर्वोच्चले गर्‍यो दरपीठ

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सर्वोच्च अदालतमा परेका दुई रिट दरपिठमा परेका छन् ।अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।

उक्त रिट सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको हो ।यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार