थप १ हजार ६ सय ६७ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

नेपालमा मंगलबार थप १ हजार ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ५५ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना कारण मृत्यु हुँदा हालसम्म तीन हजार १०२ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप २५१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ८०६ जना संक्रमित निको भएका छन् । हाल नेपालमा आठ हजार ६५९ जना आइशालेशन र ९२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ६० हजार ५५७ वटा पिसिआर परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार