दीपक कुमार कार्की कामु प्रधानन्यायाधीश बन्ने

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेका छन् ।
कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । २०१४ असोज १६ गते जन्मिएका कार्की २०७३ साउन १७ गते देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्।

उनी न्यायिक समिति शाखा अधिकृतका रुपमा २०३७ सालमा यस क्षेत्रमा प्रवेश गरेका थिए ।

संविधानको धारा १०१ को (६) (२) अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था उल्लेख छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ।

प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।

न्यायालयको ‘डेडलक’ फुकाउन तयार नभएपछि महाअभियोग दर्ता -देव गुरुङ

प्रधानन्यायाधीश राणा निलम्बनमा

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता,९८ जना सांसदले गरे हस्ताक्षर

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार