भेरी अस्पतालमा उपचाररत २० वर्षीया स्टाफ नर्सको कोरोनाबाट मृत्यु

भेरी अस्पतालमा उपचाररत २० वर्षीया स्टाफ नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङको तुलसीपुर निवासी उनको सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले ६ दिनदेखि उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको जानकारी दिए । तीन महिनाकी सुत्केरीसमेत रहेकी मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् । उनलाई दाङमा नै कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार