मन्त्रिपरिषद् बैठक: संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय

सरकारले संसदको हिउँदे अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन शुरु भएको डेढ महिनासम्म पनि संसदले कुनै विजनेश अघि बढाउन नसकेपछि ‘हाउस’अन्त्य गर्न सरकारमाथि दबाब बढेको थियो । पुनःस्थापित संसदले अहिलेसम्म संविधान अनुसार हुनुपर्ने अध्यादेशसमेत अघि बढाउन सकेको छैन ।

कार्यपालिका र व्यवस्थापिकाबीच समन्वय हुन नसक्दा प्रतिनिधिसभा कामविहीन बनेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार