काठमाडाैं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ ।

नेपालभर आरटी/पीसीआर परीक्षणमा कोरोना भाइरसका १ हजार १५ जना सङ्क्रमित र एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना सङ्क्रमित पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार