राष्ट्रियसभामा लुम्बिनीबाट एकीकृत समाजवादीकी गैरे निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।

बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् ।

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीमा अन्य र दलित सदस्य चयनका लागि पनि मतदान भएको थियो । जसको मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार