सिके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी तोडफोड, मेयर घाइते

धनुषाको जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले मेयर सवार गाडी तोडफोड गरेका छन् । सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमा तोडफोड हुँदा प्रसाईं घाइते भएका छन् । मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादैँ गरेका थिए।

प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ । जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।
मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार