१२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

नेपालमा मंगलबार थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १०३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा आठ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना कोरोनामुक्त भएका छन् । हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार