मेरो मन्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित थिएन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

मन्त्री यादवले आफ्नो अभिव्यक्ति कसैप्रति हिंसा र उत्तेजित पार्न नभएको बताएकी छन् । जनमत समाजवादी पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी हुन् ।

उनले यसलाई सामान्य रुपमा लिन अनुरोध गरेकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘मेरो मन्तव्यलाई लिएर केही भम फैलिएको बुझिन आएकोले सोप्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुख व्यक्त गर्दछु ।’

गत माघ ५ गते पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । उक्त सभामा उनले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोशपूर्ण भाषण गर्दै राउतलाई धम्की दिएकी थिइन् ।

तर उनले आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्ति दिएको बताएकी छन् ।

तर पछिल्लो समय विभिन्न माध्यमहरूले कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी छन् । उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘सभामा मैले दिएको अभिव्यक्ति कसे प्रति लक्षित, कतै पूर्वाग्रह वा दासवपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिसात्मक गतिविधि हनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ(आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार