ओखलढुंगामा जिपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु, तीनको अवस्था गम्भिर

ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ नारायणस्थानमा बोलेरोमाथि ढुंगा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार बिहान ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- १ मोलीदेखि सदरमुकामतर्फ आइरहेको को१ज ३५६९ नम्बरको जिपमा बाटो माथीबाट ढुंगा खसेको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका- १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको रहेका छन् ।

जिपमा रहेका अन्य तीन जना गम्भिर घाइते भएका छन् । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ । सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर जिपमा लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार