नेपाली सेनाका मेजर बर्खास्त, एक महिना कैदको सजाय

कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग झगडा गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सैनिक अदालतले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको हो ।

। गत २१ कात्तिकमा उनले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए । मादक पदार्थ सेवन गरेर हतियारसहित सैनिक ब्यारेकबाट निस्किएका शाही गत कात्तिक २१ गते कैलालीको चिसापानीको होटल संगममा शाही र होटलसञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो।

रातको ११ बजे संगम होटलमा पुगेका मेजरले पछि ब्यारेक फर्किएर गेटमा ड्युटी गरिरहेका सैनिकलाई समेत हतियारसहित लिएर गएका थिए। उनी पुनः होटलमा पुगेपछि घटना थप चर्किएको थियो।

सुरुमा ग्राहकसँग झगडा गरेका शाही पछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न पुगेका थिए।  उनलाई सैनिक आचरण विपरित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार