बुटवलमा आगो तापिरहेका बेला ढिस्को खस्दा दुईको मृत्यु, तीन घाइते

जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ ।

बुटवलको उपमहानगरपालिका ११, प्रगतिनगरमा पर्ने तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा बुटवल ११ का ३२ वर्षीय गणेश थापा र वडा १७ का ३५ वर्षीय शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँच जना पुरिएकोमा दुई जनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो ।

घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।  स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार