एकैदिन १० हजार बढी कोरोना संक्रमित

कोरोना भित्रिएयता सबभन्दा धेरै संक्रमित पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार