चट्याङले निसीखोला जलविद्युत् आयोजनामा क्षति

चट्याङले निसीखोला लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पु-याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३ सय घरको वाइरिङमा क्षति पु¥याएको छ ।

निसीखोला गाउँपालिका–२ का ३ सय घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उनले भने, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”

विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार