प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बालुवाटारमा बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार