न्यायाधीश खड्कामाथि मुद्दा चलाउन न्याय परिषद्मा उजुरी

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कामाथि नागरिकता किर्तेसम्बन्धी मुद्दा चलाइ कारबाही अघि बढाउन न्याय परिषद्‍मा उजुरी परेको छ ।

सोमबार कानून व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले न्यायाधीश खड्कामाथि मुद्दा चलाउन परिषद्मा उजुरी गरेको हो । न्यायाधिश कार्कीले जागिर अवधि लम्ब्याउन नागरिकता र उमेरमै किर्ते गरेको खुलेको छ । उनले २०३२ माघ २८ गते नागरिकता लिएको बेला १९ वर्ष उमेर लेखिएको छ ।

दोस्रोपटक २०३३ माघ २८ मा नागरिकता लिएको उनले पेस गरेको विवरणमा पनि उमेर १९ वर्ष नै छ । परिषद्का अध्यक्षलाई आज एक निवेदनपत्र बुझाउँदै न्यायाधीश खड्काले दोहोरो नागरिकता लिएर किर्ते गरी न्याय परिषद्लाई नै दोष लगाएकाले निजलाई पदमुक्त गरी नागरिकता किर्ते मुद्दा चलाउन प्रहरीमा प्रक्रिया थाल्न ध्यानाकर्षण गराइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार