कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्न महानगरको निर्देशन

विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिएएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको छ । शुक्रबार महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय एक साताका लागि बन्द गर्न भनिएको हो ।

महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ । साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार