राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान (सूचीसहित)

सोमबारबाट आचारसंहिता लागू हुने

आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।

आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ ।

यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने भएको छ । आयोगले विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

ुआचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचार संहिताको पूर्णरुपमा पालना गर्नरगराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछ,ु आयोगले भनेको छ ।

आयोगका अनुसार तिनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने जनाएको छ । त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकरी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

चुनावबाट १९ जना निर्वाचित हुनेछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार