२२ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन (सूचिसहित)

नेकपा एमालेको शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । जसमा हालसम्म २२ जिल्लामा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत चुनिएका छन् भने अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।

यी हुन् हालसम्म चयन भएका एमाले जिल्ला कमिटी अध्यक्षः-

झापा- दीपक कार्की

मोरङ- ऋषिकेश पोखरेल

खोटाङ – रामप्रसाद दंगाल

धनकुटा – इन्द्रमणि पराजुली

सप्तरी- ताराकान्त चौधरी

धादिङ- भूमी त्रिपाठी

काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

भक्तपुर- बचन देउजा

रसुवा- कर्णेल तामाङ

गोरखा- प्रेम गुरुङ

तनहुँ- श्रीप्रसाद श्रेष्ठ

पाल्पा- धनेन्द्रराज घिमिरे

गुल्मी- बालकृष्ण काउछा मगर

अर्घाखाँची- पिताम्बर भुसाल

बाँके- किस्मत कुमार कक्षपती

बर्दिया- लालबहादुर श्रेष्ठ

दाङ- हुकुमबहादुर बस्नेत

रुपन्देही- तेजेन्द्र केसी

कपिलवस्तु- डम्मर शर्मा

डोल्पा- शेरबहादुर बुढा

सल्यान- गोविन्द पुन मगर

नवलपरासी सुस्ता पश्चिम- दीपेन्द्र अधिकारी

त्यसैगरी एमालेकाे विशेष जिल्ला कमिटी अन्तर्गत मजदुरमा जितेन्द्र श्रेष्ठ र पेसागतमा उमेश ढकाल चयन  भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार