संसद बैठक फेरि स्थगित, पुस २८ गते बस्ने

संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुस २८ गते बस्ने गरी स्थगित भएको हो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार