कांग्रेसले फेरि सार्‍यो १६ जिल्लाको अधिवेशन

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ ।

यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो ।

माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ ।

कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार