मौरिसससँग नेपालले दुवै खेल दशरथ रंगशालामा खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दुवै खेल दशरथ रंगशालामा हुने छ । यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फाले खेल काठमाडौँमै संचालन गर्ने निर्णयमा पुगेको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरि दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार