माओवादीको निर्वाचन तालिका प्रकाशित, उम्मेदवारी दर्ता राति ८ बजेदेखि

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ ।

निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे १० बजेसम्मलाई तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख छ ।

समितिले ८:३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८:४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९:१० बजे उम्मेदवारको नामावली पुनस् प्रकाशन, ९:३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार